चार जना मन्त्रीलाई अपरान्ह ४ बजे शपथ ग्रहण गराइने

२१ फाल्गुन २०८०, सोमबार १३:०८

पछिल्लो अपडेट अनुसार जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव सरकारमा समावेश हुने अन्तिम निर्णय भने भइसकेको छैन । राष्ट्रपति कार्यकालमा ३ जनाको नाम मन्त्रीका लागि गएको हो । शपथ ग्रहण समेत साँझ ५ बजे हुने जनाइएको छ । 

काठमाडौँ । प्रधानमन्त्री निवास, बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुको बैठक सकिएको छ । सानो आकारको मन्त्रीपरिषद् बिस्तार गर्ने निर्णय गरी बैंठक सकिएको हो । लिखित सहमतिका लागि बैठक पुनः बस्ने जनाइएको छ ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अबको समिकरणबारे छलफल भइरहेको छ । यसैबिचमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्री प्रण्चडले अझै ४ सदस्यीय मन्त्री परिषद् गठन गर्ने तयारी गरेका छन् । ४ जना मन्त्रीहरुको नाम लिएर प्रधानमन्त्री शितल निवास गएको बुझिएको छ । माओवादीबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याल, एमालेबाट पदम गिरी र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादवको नाम मन्त्रीको सूचीमा रहेका छन् ।

कस्लाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने टुङ्गो भइ सकेको छैन । मन्त्रालयको टुङ्गो नलागेपछि ४ जना मन्त्रीलाई आजै साँझ ४ बजे शपथ ग्रहण गराउने प्रचण्डको तयारी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*