वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२१ फाल्गुन २०८०, सोमबार १५:१९

काठमाडौँ । जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाई आयोजनाका इन्जिनियर महेश सिंह कठायत, वडा नं ९ का वडाध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सम्झौताविपरीत गलत प्राविधिक मूल्यांकन गरी हुँदै नभएको कामका लागि २६ लाख ८२ हजार भुक्तानी दिएर भ्रष्टाचार गरेको ठहर गर्दै १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

DbapiY

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*