सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको १ लाख २३ हजार पुग्यो

२२ फाल्गुन २०८०, मंगलवार १०:५९

काठमाडौँ । सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । सुन आज हालसम्म कै उच्च मूल्यमा पुगेको हो ।

मंगलबार मात्र सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि पुष १२ गते १ लाख २२ हजारको रेकर्ड तोडिएको हो ।

त्यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*