निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न पाउने

२२ फाल्गुन २०८०, मंगलवार ११:५१

काठमाडौँ । नेपाल सरकारका निजामती कर्मचारीहरुले सेयर कारोबार गर्न पाउने भएका छन् ।

सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा नेपाल सरकारका निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न र आधारभूत सेयरधनी नहुनेगरी १ प्रतिशत भन्दा कम सेयर खरिद गर्न सकिने व्यवस्था उक्त विधेयकमा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*