हिमालयन लघुवित्तद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय खरचुहिया, सप्तरीले संस्थामा आवद्ध सदस्यको श्रीमानको मृत्यु भएपछि श्रीमतीलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराएको छ। संस्थामा आवद्ध सदस्य धनो देवी खत्वेका श्रीमान राम लाल खङ्ग खत्वेको निधन भएपछि धनो देवीलाई बीमा रकम उपलब्ध गराएको कम्पनीले बताएको हो ।
कम्पनीका अनुसार धनो देवीले उक्त संस्थाबाट एक लाख २० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । सदस्यको श्रीमानको निधन पश्चात् कम्पनीको नियमानुसार ३१ हजार काजक्रिया खर्चसमेत गरी एक लाख ५१ हजार रकम भुक्तानी गरिएको हो । जसमध्ये तिर्न बाँकी रहेको ७५ हजार ६२५ रुपैयाँ कट्टा गरी बाँकी ७५ हजार ३७५ रुपैयाँ नगद हस्तान्तरण गरिएको कम्पनीले बताएको छ ।
संस्थाले आफना सदस्यहरुको हित तथा संरक्षण गर्न र आपतकालिन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनरुप ऋण बीमा, बाली बीमा, पशु बीमा लगायत निक्षेप, क्रेडिट, ग्यारेन्टी कोषद्वारा पनि सदस्यको संरक्षण गर्ने र सुत्केरीलाई सुत्केरी स्याहार र बाल पोषण भत्ताको पनि व्यवस्था रहेको जनाएको छ ।