लगानी सम्मेलनका लागि रवि सिंहले दिए पाँच सुझाव

२२ फाल्गुन २०८०, मंगलवार १५:३४

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् ।

लगानीको लाभ लिने निर्माण उद्योगमा नै निराशा छाएको अवस्थामा लगानी सम्मेलन सफल हुन नसक्ने बताउदै अध्यक्ष सिंहले निर्माण उद्योगका समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने सुझाव दिए । निर्माण व्यवसायीहरुको हारेको मनोबलले लगानी सम्मेलनको महत्व सफल नहुने अध्यक्ष सिंहको भनाई रहेको छ ।

उनले निर्माण उद्योग समस्याग्रस्त र भौतिक पूर्वाधारको काम गर्ने वातावरण नबनेको अवस्थामा सरकारले गर्ने लगानी सम्मेलन सफल हुन नसक्ने दाबी गरे । अध्यक्ष सिंहले निर्माण क्षेत्र चलायमान नभएको अवस्थामा नेपालमा लगानीकर्ता आकर्षित हुन नसक्ने बताए ।

उनले नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरु समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएका लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था नभएको दाबी गरे। उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई प्रश्तुत गर्ने परियोजनाहरु नै नभएको पनि बताए ।

अध्यक्ष सिंहले नेपालमा हरेक वर्ष भएका लगानी सम्मेलन उपलब्धि शून्य रहेको बताउदै लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभुति गर्नसक्ने अवस्था नभएको दाबी गरे। उनले २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगको नै मनोबल कमजोर अवस्थामा रहेको उल्लेख गरे ।

लगानी गर्ने लगानीकर्ता आएपनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनिनसकेको बताए । उनले नेपालमा ऐन, कानून र नियमहरु लगानी योग्य बनाउन आवश्यक रहेको बताउदै विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएको भन्दै यो विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले निर्माण कम्पनीलाई कसरी सफल बनाउने भन्नेतर्फ सरकार ध्यान दिनुपर्नेत बताए । सरकारले लगानी सम्मेलन र योजना तर्जुमा गर्दैमा सफल नहुने बताउदै सही कार्यान्वयन गर्न र निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।

तस्तै, सरकारले तत्काल निर्माण उद्योगमा भएका समस्यालाई औल्याएर आयोजनाहरुको म्याद थप गर्नुपर्ने जोड उनले दिए । बाँकी रहेको भुक्तानी ऋण लिएर भएपनि भूक्तानी गर्दै जानुपर्ने र दबाबकै भरमा योजनाहरु बनाउन नहुने जिकीर गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*