रविलाई गृहमन्त्री हुन नदिन माफियाको दौडधूप, व्यापारिक समूह र विचौलियाको एक टोली पुग्यो बालकोट

२२ फाल्गुन २०८०, मंगलवार १८:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री बन्न नदिन माफियाहरुको दौडधूप सुरु भएको छ । दौडधूपका क्रममा विशाल ग्रुप र अघोषित विचौलियाहरुको एक टोली नयाँ सत्ता गठबन्धनको मुख्य एक घटक एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेको खबर बीमापोष्टलाई प्राप्त भएको छ ।

विचौलियाहरु सकभर रविलामिछाने गृहमन्त्री बन्नु हुँदैन भन्ने लविङमा छन् । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीसँगको भेटमा उनीहरुले लामिछानेलाई गृहमन्त्रालय दिन हुँदैन भन्दै दबाब दिए ।

ओलीले आफुहरुको गठबन्धनले मन्त्रीहरुबारे अझै टुंगो लगाइनसकेका कारण यसबारे अहिल्यै जवाफ दिनु हतार हुने बताए । यो भेटपछि एक जना एमाले नेताले लामिछाने गृहमन्त्री भए निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्दा १० गुणा बढी निर्मम भएर काम गर्ने नैतिक दबाब रहने भएका कारण पनि व्यवसायी तथा विचौलियाहरु तर्सिएका हुनसक्ने बताए ।

उनका अनुसार गृहमन्त्रालय सकभर एमालेको भागमा पर्ने गरिको सहमति हुने सम्भावना बढेर गएको छ । रविलाई गृहमन्त्रीमा रोक्नका लागि विभिन्न ठाउँबाट दबाब आइरहेको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*