विश्वभरका फेसबुकको खाता एकाएक बन्द, सर्भर डाउन

२२ फाल्गुन २०८०, मंगलवार २१:३२

काठमाडौं । प्रतिष्ठित सामाजिक सञ्जाल फेसबुकका अर्बौ खाताहरु एकाएक बन्दभएपछि विश्वभर अनलाईनमार्फत हुने सञ्चार सम्पर्क विच्छेद भएको छ । सामाजिक फेसबुकका विश्वका विभिन्न स्थानमा रहेका सर्भरहरु बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकको मोबाइल एपमा सेसन आउट भनेर बन्द भएको छ । पुनः लगइन गर्दा लगइन हुन मानेको छैन ।

 

विश्वव्यापी रुपमा फेसबुकमा समस्या भएर बन्द भएको जनाइएको छ । क्यानाडा, अमेरिका तथा अन्य देशहरुमा समेत फेसबुक चलेको छैन । भारत र अन्य युरोपेली मुलुकमा समेत समस्या आएको छ । अन्य देशहरुमा नेपाली समय अनुसार साँझदेखि नचलेको फेसबुक नेपालमा भने राति ९ः१६ बजेपछि बन्द हुन पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*