किन भयो फेसबुक आफै लगआउट ? भएको के हो ?

२२ फाल्गुन २०८०, मंगलवार २१:५१

अपडेटः बन्द भएकाे फेसबुक केहीबेर अघि खुलेकाे छ ।

काठमाडौं । मंगलबार राति करिब ९ः१७ बजेदेखि सामाजिक सञ्जाल फेसबुक एकाएक बन्द हुनपुग्यो । धेरै प्रयोगकर्ताहरु अत्तालिए । फेसबुकको एप आफै लगआउट भयो । पुनः लगइन गर्दा खोज्दा पासवर्ड मिलेन भन्दै लगइन हुन मानेको छैन ।

मेटाको नियन्त्रणमा रहेको फेसबुक, इस्टाग्राममा समस्या देखिएको छ ।

आखिर भएको के हो ?
बीमापोष्टले मेटाको पछिल्लो समस्याबारे स्टाटसबारे पत्ता लगाएको छ । सो अनुसार ग्रिनबिच समय अनुसार ५:४५ बजेदेखि मेटाको समस्या देखिएको छ । जस अनुसार मेटाको एडमिन सेन्टर, फेसबुकको लगिन, ग्राफ एपिआई, बिजनेस स्वीटमा समस्या देखिएको छ । मेटाको एपिआई र मार्केटिङ एपिआई बन्द भएको छ ।

हेरौं मेटाको सूचना र पछिल्लो अपडेट

 

फेसबुकको पछिल्लो अवस्थाबारे थाहा पाउँन यहाँ क्लीक गर्नुहोला ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*