भैरहवाबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसीमा दुर्घटनाग्रस्त, कम्तीमा ७ जनाको निधन

२३ फाल्गुन २०८०, बुधबार १०:३०

काठमाडौं । रुपन्देहीको भैरहवाबाट काठमाडौंतर्फ आइरहेको एक रात्रीबस आज विहान पृथ्वी राजमार्गको धादिङस्थित घाटबेसी भन्ने स्थानबाट त्रिशुली नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा सो बसमा सवार कम्तीमा ७ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार लु२ख २१२१ नम्बरको यात्रुबाहक रात्री बस गजुरीस्थित घाटबेसी भन्ने स्थानबाट आज विहान करिब ८ बजेतिर त्रिशुली नदिमा खसेको थियो । गजुरीस्थित धादिङ जिल्ला सदरमुकाम जोड्ने धादिङबेसी जाने पुल आइपुग्नै लाग्दा सडकबाट करिब २०० मिटर तल नदिमा खस्न पुगेको छ । घटनामा एक महिना र छ जना पुरुषको निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेहरुको उपचारको लागि काठमाडौं पठाइएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी, प्रहरी र स्थानीयबासीहरु उद्धारमा जुटेका छन् । बस खोलामा खसेर दुर्घटनामा परेको निधन हुने मानिसको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनामा चालक सकुशल रहेका छन् भने दुर्घटनाका कारण खुलेको छैन । प्रारम्भिक रुपमा चालक निदाएको वा लापरवाही गरेको आशंका गरिएको छ ।

-तस्विर सौजन्यः रासस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*