सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२३ फाल्गुन २०८०, बुधबार १०:४१

काठमाडौँ । नेपाली बजारमा सुनले पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको नयाँ रेकर्डलाई पछि पार्दैै सुन आजसम्म कै उच्च मूल्यमा पुगेको हो ।

बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*