इतिहासमै पहिलो पटक मुख्य सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा, के होला कर्मचारीको मनोबल ?

२३ फाल्गुन २०८०, बुधबार १३:३३

काठमाडौं । कुनै अप्रिय अवस्था आएन भने भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नेपाल सरकारका बहालवाला मुख्य सचिव, पूर्व मन्त्रीका विरुद्धमा विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता गर्दैछ ।

अख्तियारले मुद्दा दर्ता गरेसँगै नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल निलम्वनमा पर्नेछन् । आज नेपालको इतिहासमा हाईप्रोफाइल भ्रष्टाचार काण्ड टेरामक्समा भएको घोटाला काण्डमा दुई जना पूर्व मन्त्री मोहन बहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्की, पूर्व सचिव तथा हाल सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङसहितका उच्च पदस्थ व्यक्तिहरुका विरुद्धमा भ्रष्टाचार मुद्दा दर्ता हुनेछ ।

विश्वस्त स्रोतका अनुसार अख्तियारले आजै विशेष अदालतमा मुद्दा दर्ता गर्नेछ । आज कुनै कारणबस सम्भव नभएमा भोलिसम्ममा मुद्दा दर्ता भइसक्नेछ । सो प्रकरणमा हाल दुई जना अख्तियारको हिराशतमा रहेका विकल पौडेल र सुनिल पौडेलमाथि थुनछेक बहस सुरु हुनेछ ।

नेपालको इतिहासमा पहिलो पटक मुख्य सचिवका विरुद्धमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएसँगै देशैभरि कार्यरत एक लाख निजामति कर्मचारीहरुको मनोबल कस्तो होला ? प्रश्न उठेको छ । मुख्य सचिव नै भ्रष्टाचारको आरोपमा निलम्वित हुने अवस्था सिर्जना भएपछि कर्मचारीहरुले कुन मनोबलले काम गर्ने होला ? कर्मचारीहरुको मनोबल सधैं उच्च राख्नुपर्नेमा यसले कर्मचारीहरुले काम गर्ने वातारण बिग्रने निजामति क्षेत्रमा लामो समय काम गरेका अनुभविहरुको भनाई छ । यसअघि केही बहालवाला सचिव जेल पने वित्तिकै कर्मचारीहरुले टिप्पणीमा हस्ताक्षर गर्न छोडिसकेका छन् । अब झन् मुख्य सचिवकै विरुद्धमा अख्तियारले मुद्दा दर्ता गरेपछि कर्मचारीहरुको मनोबल निकै खस्किने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*