दोस्रो पटक गृहमन्त्री बन्दै रवि लामिछाने

२३ फाल्गुन २०८०, बुधबार १४:१०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनको बैठकले लामिछानेलाई गृहको जिम्मेवारी दिने अन्तिम सहमति भएको हो ।

स्रोतका अनुसार गृहमा रवि, परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र अर्थमन्त्रीमा वर्षमान पुनलाई दिने प्रारम्भिक सहमति भएको छ । रास्वपाले जम्मा ४ मन्त्रालय पाउने समेत अन्तिम निर्णय भइसकेको छ ।

यसअघि पनि लामिछानेले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड कै कार्यकालमा गृहमन्त्रालयको जिम्मेवारी समालेका थिए । उनी गृहमन्त्रालयमा रहँदा सत्तापक्षकै सांसदलाई प्रक्राउ पुर्जी जारी गर्नेदेखि अनुसन्धानलाई चुस्त दुरुस्त बनाउन लागि परेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*