मन्त्री सालो आउट, उपप्रधानमन्त्री भिनाजु इन, मन्त्री ससुरा आउट, मन्त्री ज्वाई इन –प्रचण्डको मन्त्रिमण्डलमा चटक

२३ फाल्गुन २०८०, बुधबार १५:०५

काठमाडौं । राजनीतिक उलफेर हुँदा पनि एउटा व्यापारिक घरानियालाई सधैं उस्तै छ । नेपालको राजनीति उक्त व्यापारिक घरानाभन्दा बाहिर निस्कनै सकेको छैन । बाहिरबाट हेर्दा गठबन्धन फेरियो, कांग्रेस सत्ता बाहिर पर्यो एमाले सत्तामा गयो भन्ने जस्तो छ । तर, भित्रबाट हेर्दा उही व्यक्तिहरुकै हालिमुहाली देखिएको छ ।

आज गठन हुँदै गरेको मन्त्रिपरिषदमा रास्वपाबाट विराज भक्त श्रेष्ठ युवा तथा खेलकूद मन्त्री बन्दैछन् । रोचक कुरा के भने मन्त्रालयको जुन भित्तामा उनको फोटो टाँसिन्छ, त्यहाँ उनका आफ्नै ससुराको फोटो पहिले नै टासिसकेको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार बर्खास्त गरेका मन्त्रीहरुको सूचिमा श्रम मन्त्री शरद सिंह भण्डारीको नाम छ । विराज उनै भण्डारीका आफ्नै छोरी ज्वाई हुन् । नेपालको इतिहासमा पञ्चायतदेखि आजसम्म सत्ताकै वरिपरि घुमिरहेका शरद सिंह भण्डारी दुई दिन पहिले मन्त्रीबाट हटे पनि उनका ज्वाई मन्त्रीकै रुपमा मन्त्रिपरिषदमा प्रवेश गरेका छन् ।

नयाँ बनेको गठबन्धनमा एमालेबाट उपप्रधानमन्त्रीको रुपमा रघुबीर महासेठ भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघिको मन्त्रालयमा महासेठका आफ्नै सालो डा. बीरेन्द्र महतो वन मन्त्री थिए । यसअघि एमालेको सरकारको पालामा जुली महतो मन्त्री थिईन् । अहिले फेरि बीरेन्द्र महतो पुरानो क्याबिनेटबाट आउट भएपनि उनका आफ्नै भिनाजु रघुबीर महासेठ मन्त्री बन्न सफल भएका छन् ।

यता, नयाँ गठन हुने सरकारमा अर्को पनि रमाइलो देख्न पाइने भएको छ । एनसेल घोटाला प्रकरण सेटिङ मिलाउन लागि परेकी रेखा शर्मा सम्भवतः पैसाको लेनदेन मिलाउन पुनः मन्त्री बन्ने भाग्यशाली नेतामा परेकी छिन । माओवादीभित्र उनीजस्तै त्याग गरेका धेरै नेताहरु मन्त्री बन्न बाँकी भएपनि रेखालाई दोहो¥याउनुको कारण यस्तै भएको चर्चा माओवादी बृत्तमा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*