आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले दियो पाँच करोड

२३ फाल्गुन २०८०, बुधबार १८:०१

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपैयाँ सहयोग गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) जनाकारी दिएको हो ।

‘‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ्ग सङ्घ हार्दिक आभार ब्यक्त गर्दछ,’’ क्यानद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*