‘प्रचण्ड’ गठबन्धनलाई छिर्के हान्न बुढानीलकण्ठमा ‘महन्थ ठाकुर, सीके राउत र रेशम चौधरी’सहितको वार्ता

२३ फाल्गुन २०८०, बुधबार १८:१०

काठमाडौं । प्रचण्ड पूरानो गठबन्धन तोडेर नयाँ मन्त्रिमण्डल विस्तारमा लागेसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले समानान्तर गठबन्धनको कोर्स अघि बढाएका छन् ।
बालुवाटारले नयाँ मन्त्रीहरुको शपथ तयारी गरिरहे कै बेला देउवालले समानान्तर गठबन्धनको कोर्स अघि बढाएका हुन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेलामा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायत देखिएका छन् ।

कांग्रेसका तर्फबाट शेखर कोइराला र गगन थापा समेत सहभागि भएका छन् । यसअघि देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई निवासमै गएर भेटेका थिए । समाजवादी भने सरकारमा सहभागि हुने मुडमा पुगिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*