११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा एसटीयुसीले गर्‍यो विचार गोष्ठी

२३ फाल्गुन २०८०, बुधबार १८:४२

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ नेपालसँग संवद्ध महिला संगठन विभागले विचार गोष्ठी आयोजना गरेर ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । मार्च ८ को अवसर पारेर समाजवादी ट्रेड युनियन महासंघको मूल आयोजनामा महिला संगठन विभागले युनियनको केन्द्रीय कार्यालयमा विचार गोष्ठी गरेको हो ।

मार्च ८ का दिन महाशिवरात्री पर्व पर्ने र हिन्दु महिलाहरु त्यसदिन तीर्थ व्रतमा सरिक हुने भएका कारण बुधबारै कार्यक्रम गरिएको आयोजक समाजवादी ट्रेड युनियन महासंघकी महिला अध्यक्ष सरिता पाण्डेले बताइन् ।

यो पल्ट ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ मूल नारा दिएर ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ । विचार गोष्ठीमा समाजवादी ट्रेड युनियनसँग आवद्ध पदाधिकारीहरुले महिलाहरुमाथि भइरहेका शोषण तथा सामाजिक, आर्थिक एवं सांस्कृतिक दलन तथा थिचोमिचतोबारे चर्चा गरेका थिए । उनीहरुले विशेष गरेर असंगठित क्षेत्रमा काम गर्ने महिला तथा घरेलु श्रमिक महिलाहरु न्यून ज्यालामा काम गर्न बाध्य रहेको र पेशागत सम्मान एवं आत्मसम्मानका सन्दर्भमा पनि निकै ठूलो जोखिम व्यहोरिरहेको बताए ।

समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहालले आजको समाजवादी युगमा पनि महिला श्रमिकहरुले समान ज्याला नपाएको र कार्यक्षेत्रमा शोषित पीडित हुनुपरेको अवस्था दुःखद भएको बताए । उनले अब यसकाविरुद्ध महिला श्रमिकहरु एकजुट भएर लाग्नुको विकल्प नभएको बताए । जसका लागि समाजवादी ट्रेड युनियन साझा प्लेटफर्म भएको धारणा राखे ।

यस्तै, महासंघका महासचिव गोपाल राइले समेत श्रमिकहरु आफैं बोल्न थाले मात्रै आफुहरुमाथि परेका अन्यायविरुद्ध सफलता हासिल गर्न सकिने बताए । उनले अन्तर्राष्ट्रिय व्यक्ति व्यक्तित्व तथा प्रचलनबारे चर्चा गर्दै सबैलाई सक्रिय भूमिकाका लागि आह्वान गरे ।

यसै अवसरमा समाजवादी ट्रेड युनियन महासंघ नेपालले केही केन्द्रीय पदाधिकारी मनोनित गरेको घोषणा गरेको छ, भने केही पदाधिकारीको पदोन्नति समेत गरिएको जानकारी दिएको छ । त्यस अवसरमा मनोनित हुने र पदोन्नति हुने पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

One thought on “११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा एसटीयुसीले गर्‍यो विचार गोष्ठी

  1. Sarita pandey says:

    Ramro

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*