अर्थमन्त्री बर्षमान पुनले सम्हाले कार्यभार, प्राथमिकता निर्धारण गरेर अर्थतन्त्र सुधार गर्छु

२३ फाल्गुन २०८०, बुधबार २०:३७

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । आज साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्र िपुनले आर्थिक क्षेत्रको सुधारको लागि काम गर्ने बताएका छन् । अर्थमन्त्री पुनले तीन खम्बे अर्थनीतिमा मुलुकलाई अघि बनाउने र सहकारीहरुमा उत्पन्न समस्या हल गर्ने बताए ।

“सजिलो छैन, मलाई थाहा छ, सन् २००८ लगत्तै अर्थमन्त्री हुँदा विश्वव्यापी आर्थिक मन्दीको अवस्थामा पनि सकुशल नेतृत्व गरेको हुँ । त्यो अनुभव, शिक्षा र आजको प्राथमिकताका साथ काम गरेर अर्थतन्त्रमा आशा जगाउनेछु” अर्थमन्त्री पुनले भने ।
अर्थमन्त्री पुनले जनताको भोकलाई बुझेर, सरकारको प्राथमिकता, प्रधानमन्त्रीको दिशानिर्देशको आधारमा अर्थमन्त्रालयको बिज्ञ टिमको सहयोगमा काम गर्नेछु ।

अर्थमन्त्री पुनले भने, “असाध्यै जिम्मेवार महसुस गरेको छु । पहिलो पटक अर्थमन्त्री हुँदा गुरिल्ला अर्थमन्त्री भन्थे । धेरै मानिसहरुले २।३ महिनासम्म अर्थमन्त्रीको रुपमा मलाई पत्याएनन् । त्यसबेला धेरै कुराहरु सिक्नेकुराहरु पनि मिल्यो ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*