अर्थमन्त्री, गभर्नर र अर्थसचिवको ट्युनिङ मिल्यो, केन्द्रबिन्दुः सहकारी

२३ फाल्गुन २०८०, बुधबार २१:०९

काठमाडौं । आजै मात्र कार्यभार सम्हालेका नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानको लागि सहकारीलाई पनि एकैसाथ अघि बढाउनुपर्ने बताए । मन्त्री पुनले पटक पटक सन् २००८ को विश्वव्यापी आर्थिक संकट र सहकारीमा उत्पन्न समस्यालाई उल्लेख गरे ।

अर्थ सचिव कृष्णहरि पुस्करले पनि औपचारिक तथा अनौपचारिक रुपमा सहकारीका कारण आन्तरिक समस्या हल हुन नसकेको धारणा राख्दै आएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि विगत एक डेढ महिनाअघि देखि सहकारीमा उत्पन्न समस्याका कारण बाह्य सूचांकहरु सही अवस्थामा रहँदा रहँदै पनि आर्थिक गतिविधि चलायमान हुन नसकेको बताउँदै आएका छन् ।

नव नियुक्त अर्थमन्त्रीले पनि सहकारीलाई समस्या समाधानको केन्द्रमा राखेसँगै अर्थमन्त्री, अर्थ सचिव र गभर्नरको ट्युनिङ मिलेको रुपमा हेर्न सकिन्छ । मौद्रिक नीति निर्माण गर्ने गभर्नर, अर्थतन्त्रबारे नीति निर्माण गर्न भूमिका खेल्ने अर्थ सचिव र नयाँ मन्त्रीले समेत एउटै कुरा बोलेपछि आगामी दिनमा सहकारीमा उत्पन्न समस्यामा देश केन्द्रीत हुने देखिएको छ ।

2 thoughts on “अर्थमन्त्री, गभर्नर र अर्थसचिवको ट्युनिङ मिल्यो, केन्द्रबिन्दुः सहकारी

  1. खगेन्द्र नाथ काफ्ले says:

    खुसिलाग्यो।२०६९ साल दे खी ओरेण्टल लगायत केहि सहकारीले सर्बसाधारणको १०सौं अर्ब बचत रकम ठगी गर्ने नजिर पछ्याउँदै हाल ५०० भन्दाबढि सहकारीले १खर्ब जति रकम ठगी गरेर ५०सौं लाख बचतकर्तालाई बिचल्लीमा पारेका छन्। पिडितहरू आन्दोलनरत छन्।सरकारसँग रकम फिर्ताको लागी याचना गर्दै आएतापनि पाउन सकेका छैनौं। अतः सरकारले पिडितको चिच्याहट सुनेर रकम फिर्ता गरेमा मात्र सहकारी प्रति बिश्र्वास हुनेछ।

  2. तेजबहादुर खड्का says:

    अब सहकारी बाट कर्जा लिएर न तिर्ने ऋणिहरु र सर्बसाधरणको बचतमा मोज गर्ने संचालकहरु माथी कडाइ गरिनु पर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*