रवि लामिछानेले दोस्रोपटक गृहमन्त्रालयको पाए जिम्मेवारी

२३ फाल्गुन २०८०, बुधबार २२:०५

काठमाडौं । रवि लामिछाने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री भएका छन् । राजनीतिमा होमिएको करिब ७ महिनामै लामिछाने पहिलोपटक ११ पुस २०७९ मा गृहमन्त्री भएका थिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पुरा नगरेको सर्वोच्च अदालतको ठहरपछि उनी १३ माघ २०७९ मा पदमुक्त भए । त्यसपछि पुनस् चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी एक वर्षपछि दोस्रोपटक गृह मन्त्रालयमा नै फर्किएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*