सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख २५ हजार चाहिने

२४ फाल्गुन २०८०, बिहीबार १०:४६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पछिल्ला तीन कारोबारमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पुनः सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

आज सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*