मन्त्रिपरिषद्को बैठक सम्पन्न, दुई वटा निर्णय

२४ फाल्गुन २०८०, बिहीबार ११:३१

काठमाडौँ। नयाँ मन्त्रिपरिषद् विस्तारसँगै आज पहिलो पटक मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आज दुई वटा निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो । साथै, संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय समेत आजको बैठकले गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दोस्रो गठबन्धन सरकारको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*