कपिलबस्तुको रामग्राम काण्ड भ्रष्टाचार रहेछ, सच्याइसकिएको छः प्रधानमन्त्री प्रचण्ड

२४ फाल्गुन २०८०, बिहीबार १३:०४

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले कपिलबस्तुको रामग्राम निजि कम्पनीलाई दिने कार्य भ्रष्टाचार भएको स्वीकार गर्दै सम्मानित लेखा समितिको निर्देशन लुम्बिनी क्षेत्र विकास कोषले कार्यान्वयन गरिसकेकोले अब उक्त विषय सकिएका बताएका छन् ।

लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष लारह्याल लामा समेतको संलग्नमा दि प्रमिश ल्याण्ड नामक कम्पनीलाई ९९ वर्षको लागि लिज ठेक्का दिने सम्झौता गरिएको थियो । बीमापोष्टले गरेको चर्को खवरदारीसँगै सरकारले अटेर गरेर निजि कम्पनीलाई ४०० जनाको घर उठिबास लगाउने गरी सम्झौता गरिएको थियो । करिब ७० अर्ब भ्रष्टाचार हुने गरी भएको सो सम्झौता हुनु र उद्घाटन हुनु अघि नै बीमापोष्टले खवरदारीसहित समाचार प्रकाशित गरेको थियो ।

सो समाचार प्रकाशित भएको झोकमा लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष लारह्याल लामाले गाली गलौज गर्दै घोटाला काण्ड जारी राखेका थिए । दुई साता पहिले लेखा समितिले रामग्रामलाई निजि कम्पनीलाई दिने निर्णय भ्रष्टाचार भएको ठहर गर्दै खारेज गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै उक्त काण्ड सच्याइसकिएको भ्रष्टाचार भएको भन्ने विषय समेत सकिएको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*