कोलकोताबाट काठमाडौं आउदै गरेको एयर इण्डियाको जहाज त्रिभुवन विमानस्थलमा ओभरसूट

२४ फाल्गुन २०८०, बिहीबार १३:२४

काठमाडौं । कोलकोताबाट काठमाडौ आएको एयर इण्डियाको जहाज सकुशल अवतरण गर्न नसकेपछि ओभरसूट गरेको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा १० किलोनकिटल माइलको गतिमा हावाको बहाव रहेको छ ।
सामान्यतया उक्त अवस्थामा एयरबस ३२० सेरिजको जहाज अवतरण गर्न नसकेपछि ओभरसूट गरेको हो । भिएफआरमा अवतरण गर्दै गरेको जहाज किन ओभरसूट गरियो भन्ने खुल्न सकेको छैन ।

कोटेश्वर नजिकै बालकुमारी पुलमाथिको आकाशमा ४७२५ फिटको उचाईमा झरिसकेको जहाजका क्याप्टेनले टच डाउन गर्नु केही सेकेण्ड अघि मात्रै ओभरसूट गरेका हुन् ।

ओभरसूट भएको जहाज बारामाथिको आकाशमा पुगेर पुनः अवतरण गर्दैछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*