कृषक न्यौपानेलाई फोकस नेपालले गर्यो सम्मान

२५ फाल्गुन २०८०, शुक्रबार ११:५८

काठमाडौँ । करिब आधा दर्जन जति व्यापारिक तथा व्यवसायीक संस्थाहरुमा आवद्ध भई कृषि कर्म गर्दै आइरहेका दिपक प्रसाद न्यौपाने सम्मानित भएका छन् ।

बुधबार फोकस नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भव्य समारोहका बीच न्यौपानेलाई सम्मान गरेका हुन् ।

देशलाई कृषिमा अत्मनिर्भर बनाउदै उत्पादनशिल क्षेत्रमार्फत अर्थतन्त्रलाई टेवा पुर्याउने उदेश्यका साथ कृषि क्षेत्र लाई पहिलो प्राथमिकता दिदै देशको अर्थतन्त्रलाई सबल बनाउने र स्वदेशमै स्वरोजगार बनाउन महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै न्यौपानेलाई सम्मान गरिएको हो ।

न्यौपाने एन.सि. एग्रोटेक इण्डष्स्ट्रीज प्रा.लि, कृषक ग्रुप प्रा.लि., लक्ष्य नेपाल ट्रेडिङ्ग प्रा.लि. र एच एम इण्डष्ट्रीजका संस्थापक सञ्चालक, हिमालचुली कृषि सहरकारी संस्था लिमिटेडमा उपाध्यक्ष, राष्ट्रिय कृषि तथा व्यापार व्यवसाय संघसंस्थाहरु मार्फत सल्लाहकार तथा पदाधिकारी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*