वडाध्यक्ष यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२५ फाल्गुन २०८०, शुक्रबार १२:२४

काठमाडौँ । । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कन्हैयालाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष यादवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सडकले छोएको जग्गालाई सडकले नछोएको भनेर सिफारिस दिएको आरोपमा वडाध्यक्ष यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।। वडाध्यक्ष यादवले साविकको बेलदारी गाविस–४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई सडकले नछोएको भन्दै सिफारिस दिएको अख्तियारको आरोप छ ।

RxDPk9

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*