२६७४ जनाले जनही १० लाख रुपैयाँ पाउने, राजपत्रमा छापियो नयाँ शहिदको नाम

२६ फाल्गुन २०८०, शनिबार ०८:३५

काठमाडौं । नेपाल सरकारले आज राजपत्रमा सूचना प्रकाशित गर्दै जनयुद्धकालिन समयमा शहिद भएका थप २६७४ जनाको नाम सार्वजनिक गरेको छ । यससँगै उनीहरुका परिवारले जनही १० लाख रुपैयाँ पाउनेछन् ।

सरकारले शहिद घोषणा गरेकाले यसअघि नै १० लाख रुपैयाँ दिइसकेकोले अब घोषित सहिदका परिवारले समेत सो रकम पाउनेछन् । सबैभन्दा धेरै दाङमा १७४ जना रहेका छन् । त्यस्तै, रुकुम पूर्वमा १६५ जनाको शहिद घोषणा गरिएको छ भने रुकुम पश्चिममा १०० जनालाई सहिद घोषणा गरिएको छ । सो बापत राज्यकोषबाट दुई अर्ब ६७ करोड रुपैयाँ खर्च हुनेछ ।

नेपाल सरकारले २०८० पुस २४ गतेको निर्णय अनुसार शहिद घोषणा गरिएको राजपत्रमा उल्लेख छ । यसअघि नै निर्णय भइसकेकोमा गृह मन्त्रालयले भर्खरै मात्र राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*