सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

२७ फाल्गुन २०८०, आईतवार १०:३६

काठमाडौँ । दिनप्रति दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो ।

आज सुन एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो । छापावाला सुनको मूल्य एक लाख २६ हजार र तेजावी सुनको मूल्य १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*