मूल्यवृद्धि घट्यो

२७ फाल्गुन २०८०, आईतवार १५:१०

काठमाडौं । माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ५।०१ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय स्थिति रिपोर्टअनुसार उपभोक्ता मूल्यवृद्धि खुम्चिएको छ ।

गत वर्षको माघ महिनामा उपभोक्ता मूल्यवृद्धि ७।८८ प्रतिशत रहेकोमा यो माघ महिनामा २।८७ प्रतिशत विन्दुले कमी भएको हो ।

पेय पदार्थ समूहको मूल्यवृद्धि ६।५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३।८५ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*