भोलि देशभर सार्वजनिक बिदा

२७ फाल्गुन २०८०, आईतवार १७:५६

काठमाडौँ । भोलि अर्थात फागुन २८ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले ग्याल्पो ल्होसार अवसरमा सार्वजनिक बिदा दिएको हो ।

सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा वित्तीय संस्था र सेयर बजारमा समेत सो दिन बन्द रहनेछ ।

ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीको प्रमुख चाड हो। शेर्पा समुदायले नेपाल लगायत सिक्किम र दार्जीलिङमा ग्याल्पो ल्होसार मनाउने गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*