गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२७ फाल्गुन २०८०, आईतवार १८:३३

काठमाडौँ। दोलखाको तामाकोशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष उर्मिला खड्का केसीसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुईटेल, योजना शाखाका तत्कालीन लेखापाल राम बहादुर कार्की, तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाई र तत्कालीन सबइन्जिनियर सृजना दुवाललगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

तामाकोसी–३,जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । उनीहरूले अनियमितता गरी सरकारलाई गैरकानुनी हानि पुर्‍याउने कार्य गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

DBt9qP

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*