आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

२८ फाल्गुन २०८०, सोमबार ०६:५०

काठमाडौँ । आज (फागुन २८ गते) देशभर सार्वजनिक बिदा रहेको छ । नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा वित्तीय संस्था र सेयर बजारसमेत आजको दिन बन्द रहनेछ ।

ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीको पर्व हो। शेर्पा समुदायले नेपाल लगायत सिक्किम र दार्जीलिङमा ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*