देशैभरि म्याद सकिएको गुणस्तरहीन कोक बिक्री, केही काठमाडौंमा बरामद

२८ फाल्गुन २०८०, सोमबार १३:४९

काठमाडौं । कोकाकोलाले म्याद सकिएका गुणस्तरहीन कोक देशैभरि बिक्री वितरण गरिरहेको तथ्य फेला परेको छ । यदि तपाईहरु कोक खाँदै हुनुहुन्छ भने होसियार हुनुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले अनुगमनको क्रममा राजधानीभित्रै गुणस्तहिन र म्याद गुज्रेका कोक, स्प्राईट, फयान्टाहरु बिक्री वितरण गरिरहेको अवस्थामा थुप्रै सामान बरामद गरेको छ । महानगरका सुरक्षा प्रमुख राजु पाण्डेले म्याद गुज्रेर खानै नहुने अवस्थामा कोकाकोलालगायतका पेय पदार्थहरु बरामद गरिएको पुष्टि गरेका छन् ।

पछिल्लो समय कोकको गुणस्तरमाथि निरन्तर समस्या आइरहेको छ । अझ बजारमा म्याद गुज्रेर खानै नहुने अवस्थाका कोक समेत बिक्री वितरण भइरहेको पाइएको छ । अबदेखि सर्वसाधारणहरु सचेत हुनुपर्ने भएको छ ।
उपभोक्ता संस्थाहरुले राजधानीमै कोकको अवस्था यस्तो दयनीय छ भने राजधानी बाहिर अवस्था झनै भयावह रहेको हुनसक्ने चेतावनी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*