स्टार माइक्रो इन्स्योरेन्सको पहिलो बार्षिक साधारणसभा सम्पन्न

२८ फाल्गुन २०८०, सोमबार १४:२०

काठमाडौं। स्टार माइक्रो इन्स्योरेन्स प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले विशेष प्रस्तावको रुपमा प्रस्तुत भएको कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्काशन गर्ने सम्बन्धी निर्णय पारित गर्दै सो सम्बन्धी सम्पूर्ण आवश्यक कार्यहरुको लागि संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

सभाले आ।व।२०७९र०८० को वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*