दक्षिण कोरियामै बेरोजगारीको संख्या लगातार बढ्दै, के होला नेपालको अवस्था ?

२८ फाल्गुन २०८०, सोमबार १४:३३

काठमाडौँ । पछिल्लो समय दक्षिण कोरियामा बेरोजगारको संख्या वृद्धि भइरहेको छ । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको हो ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको हो । अघिल्लो बर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १।१ प्रतिशतले बढी अर्थात् फेबु्रअरीमा ६ लाख २५ हजार ५०० थियो । गत वर्षको फेबु्रअरीदेखि लगातार बेरोजगारी दावीमा वृद्धि हुँदै आएको छ । फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।

के होला नेपालको अवस्था

दक्षिण कोरियामा रोजगारीको संख्या वृद्धि हुँदा नेपालीहरुलाई पनि समस्या पर्ने देखिएको छ । रोजगारीको शिलशिलामा दक्षिण कोरिया जाने नेपाली कामदारको संख्या वृद्धि भइरहेको हो । कोरिया जाने नेपालीको संख्या बढी रहदा काम नपाउने समस्या समेत उत्तिकै छ ।

कोरिया जानका लागि हजारौं नेपाल विद्यार्थी इपीएस पास गरेर बसेका छन् । प्रत्येक वर्ष भाषा परिक्षामा लाखौं नेपालीले आवेदन दिन गरेका छन् । थोक, खुद्रा, निर्माण क्षेत्रमा नेपालीहरु काम गर्ने जाने गरेका छन् । तर, सोहि क्षेत्रमा कम मागले नेपालीलाई समेत मार पर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*