गण्डकी, मधेश र सुदुरपश्चिमका प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णय

२८ फाल्गुन २०८०, सोमबार १८:०७

काठमाडौँ। सरकारले तीन वटा प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

गण्डकीमा पृथ्वीमान गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरमा देवराज जोशी प्रदेश प्रमुख रहेका थिए । उनीहरु तीनै जना नेपाली कांग्रेसका कोटाबाट नियुक्त भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*