नक्सालस्थित बृहस्पति विद्या सदन बन्द हुने अवस्थामा, सञ्चालकहरु भागदौडमा

२९ फाल्गुन २०८०, मंगलवार १०:२५

काठमाडौं । अनाथ बाल बालिकाको हितमा पञ्चायतकालमा संस्थापित नेपाल बाल संगठनको जग्गा कब्जा गरेर सञ्चालन हुँदै आएको नक्सालस्थित बृहस्पति विद्या सदन बन्द हुने अवस्थामा पुगेको छ ।

परोपकारी उद्देश्यका लागि स्थापना भएको बाल संगठनको जग्गा हडपेर सञ्चालन हुँदै आएको सो विद्यालयल सञ्चालन हुँदै आएको भवन, लिगपात र जग्गा समेत सरकारको कब्जामा जाने सम्भावना बढेसँगै विद्यालयको भविष्य अन्योलमा परेको हो । बिहस्पति विद्या सदन नामक विद्यालयले २०४९ साल फागुन १, २०५२ फागुन १ देखि फटक पटक २०७२ साउन ३ र २०७६ माघ १ मा समेत गरी कूल २८ रोपनी पाँच आना एक पैसा जग्गा अनाधिकृतिक रुपमा कब्जा गरेको देखिएको छ ।

नेपाल बाल संगठन नामक अनाथ बालबालिकाको हितमा संस्थापित संस्थालाई तत्कालिन राजा महेन्द्रले २०२१ सालमा बालबालिकाको मन्दिरको रुपमा विकास गर्न राजधानी काठमाडौंको मुटुमा जग्गा तथा भवनसहित व्यवस्था गरिएको थियो । सो जग्गामा २०४९ सालदेखि पटक पटक सम्झौताको नाममा बृहस्पति विदा सदनले कब्जा गरेको सो जग्गामा हाल बृहस्पति विद्या सदन सञ्चालन हुँदै आएको छ ।

यसअघि पनि सरकारले सो सम्बन्धमा जाँचबुझ आयोग नै गठन गरेर छानविन गरेको थियो । सो क्रममा बाल संगठनले २०५८ मा पहिलो, २०५९ मा दोस्रो र २०७२ मा पूरक सम्झौता गरी बृहस्पति शिक्षा सदन नामक निजी विद्यालयलाई भाडामा दिएको मध्ये १३ रोपनी १२ आना जग्गा भाडामा दिने प्रक्रियालाई उच्चस्तरीय जाँचबुझ आयोगले शंकास्पद ठह¥याएको थियो । तर पनि हालसम्म पनि कुनै कारवाही भएको छैन । २०७५ भदौ ५ मा गठन गरेको तत्कालिन संसदीय समितिले बालमन्दिरको जग्गा भाडाको नाममा भएको भ्रष्टाचार र घट्नाक्रमहरुको सम्बन्धमा विस्तृत छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न निर्देशन दिएको थियो । आजसम्म पनि सो निर्देशन पालना भएको छैन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले सो सम्बन्धी जग्गाको कारोबारबारेको फाइल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यससँगै बृहस्पति विद्या सदनको भविष्य संकटमा परेको हो । प्रविणराज जोशी, प्रज्वलराज जोशी, श्याम सुन्दर कँडेलसहित सञ्चालक रहेको बृहस्पति विद्या सदनको नाममा बाल मन्दिरको जग्गा हिनामिना गर्नेहरु जेल पर्ने सम्भावना बढेको छ ।

सुरक्षा निकायको छानविनमा परेसँगै बृहस्पति विद्या सदनका सञ्चालकहरुको भागदौड सुरु भएको छ । लामो समयदेखि उक्त विद्यालयको नाममा परोपकारी जग्गा कब्जा गरेका सञ्चालकहरु जेल पर्ने भयले सताउन थालेको छ । उनीहरु विभिन्न शक्ति केन्द्रमा धाएर जग्गाको बचाउ गर्न सुरु गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*