नेप्से ५८ अंकले बढेर २१ सयको विन्दुमा, पाँच लघुवित्त कम्पनीको शेयरमा सर्किट

२९ फाल्गुन २०८०, मंगलवार १५:०८

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम भएको छ । यस दिन चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । जीवन बीमा उपसूचक ५.४४ र माइक्रोफाइनान्स उपसूचक ५.०५ प्रतिशतले बढेको छ । यस दिन नेप्सेमा सूचीकृत २२ कम्पनीहरुको शेयरमूल्य घट्दा २२० कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त र स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स ८.९५, नाडेप लघुवित्त ८.०७, अभियान लघुवित्त ८.०१, ग्लोबल आइएमई लघुवित्तको ७.६८ र एनएमबी बैंकको ७.६२ प्रतिशतले शेयरमूल्य बढेको छ ।

आज हिमालयन ८०–२० को शेयरमूल्य सर्वाधिक २.५७ प्रतिशतले घटेको छ । त्यस्तै, मोलुङ हाइड्रोपावरको २.५३, न्यादी हाइड्रोपावरको २.४२, हाथवे इन्भेष्टमेन्टको २.३५ तथा चिरख्वा हाइड्रोपावरको २.३४ प्रतिशतले शेयरमूल्य घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस दिन कम्पनीको ३७ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यता, सोनापुर मिनरल्सको २४ करोड ९ लाख, सन नेपाल लाइफको १६ करोड ५२ लाख, हिमालयन रिको १५ करोड ७१ लाख, माउन्टेन इनर्जीको ११ करोड ११ लाख तथा हिमालयन डिष्टिलरीको ११ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*