कांग्रेस नेतृ आरजु देउवा फरार !

४ चैत्र २०८०, आईतवार १२:०१

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सुन काण्ड पुनः छानविन सुरु गरेसँगै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भारत भागेकी छिन् ।

स्रोतका अनुसार अब आरजु स्थिती सामान्य नभएसम्म स्वदेश फर्कने सम्भावना न्यून छ । देउवा दिल्ली हुँदै अमेरिका जान लागेको बताईएको छ। अमेरिकामा उनको आफन्त रहेकाले उनी त्यहाँ जाने सम्भावना रहेको छ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा अकस्मात भारत गएकी छन् ।

कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी राणा शुक्रबार साँझ एयर भिस्ताराको उडान मार्फत नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

आरजुको दिल्ली भ्रमणबारे केही खुलाइएको छैन । उनी केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्।यसअघिको गठबन्धन भत्किएर कांग्रेस सत्ता बाहिर पुगेपछि राणा पहिलो पटक दिल्लीको भ्रमणमा निस्किएकी हुन् ।

आरजुले आज नै बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न आइतबार भारत प्रस्थान गर्न लागेको प्राविधिकहरूको टोलीलाई बिदाइ गरेकी थिइन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*