जीवन बीमा कम्पनीहरुको झण्डै ६० प्रतिशत व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

१३ चैत्र २०८०, मंगलवार १४:२९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्म विभिन्न प्रदेशबाट झण्डै १ खर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले सावधिक, अग्रिम भुक्तानी, रुपान्तरित, बालबच्चा सम्बन्धि, बैदेशिक रोजगार, आजिवन जीवन बीमा, म्यादि लगायत लघु बीमा लेखहरुबाट उक्त रकम संकलन गरेको हो ।

जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन गरेको छ । कम्पनीहरुले फागुन महिनासम्ममा बागमती प्रदेशबाट ४३ अर्व ८१ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । बाग्मती प्रदेश सबैभन्दा बढी जनसंख्या र व्यापारिक कारोबार भएको प्रदेश हो । जसका कारणले गर्दा बीमा कम्पनीहरुले यस प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन गर्न सफल भएका हुन ।

त्यस्तै, बीमा कम्पनीहरुले सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन गरेको छ । कम्पनीहरुले कर्णाली प्रदेशबाट २ अर्व ७१ करोड ५ड लाख रुपैैयाँ संकलन गरेको हो । संघिय सरकार देखि टाढा रहेको कम जनसंख्या भएको बीमा सम्बन्धि जनचेतनाको अभावको कारणले गर्दा कम बीमा शुल्क संकलन भएको हो ।

प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट ११ अर्ब ९२ लाख रुपैयाँ, मधेश प्रदेशबाट ८ अर्ब ७५ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट १० अर्ब पाँच करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, कम्पनीहरुले लुम्बिनी प्रदेशबाट विभिन्न बीमालेखहरु बिक्री गरी १५ अर्ब ४० करोड रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट कुल पाँच अर्ब ९२ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*