सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्रमा शिथिलता मात्र आएको होः अर्थमन्त्री

१३ चैत्र २०८०, मंगलवार १८:१४

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विगतमा खर्च गर्न कसिएको कारण बजार चलायमान हुन नसकेको बताएका छन् । मंगलबार मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा बोल्दै उनले सरकारले सकेसम्म खर्च बढाउनुपर्नछ ।

अर्थतन्त्र संकटमा नरहेको तर शिथिलता भने रहेको उनको भनाइ रहेको थियो । उनले भने, ‘अर्थतन्त्र संकटमा छैन । तर शिथिलता भने रहेको छ । राजस्व संकलन र पुँजीगत खर्च बढाएर अर्थतन्त्रको समस्या समाधान गर्ने गरी काम गर्नु पर्छ ।’ अर्थ मन्त्रालयले अरु मन्त्रालय र निकायसँग जति बढी समन्वयमा काम गर्न सक्यो उति नै छिटो नतिजा आउने बताए ।

मन्त्री पुनले विगतमा खर्च गर्न कसिएको कारण बजार चलायमान हुन नसकेको भन्दै सरकारले सकेसम्म खर्च बढाउनुपर्नेमा जोड दिए । अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तर मन्त्रालय समन्वयमा हुने काम अघि बढिसकेको उल्लेख गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*