२३ वटा निर्माण व्यवसाय कम्पनी कालोसूचीमा, कुन–कुन परे?

१४ चैत्र २०८०, बुधबार ०७:५१

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण व्यवसायी (ठेकेदार), आपूर्ति कर्ता कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले चैत्र १४ गते बुधबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको जनाएको हो ।

कार्यालयले दुई ठेकेदार कम्पनीलाई तीन वर्ष, एक ठेकेदार कम्पनीलाई दुई वर्ष, दुई ठेकेदार कम्पनीलाई एक वर्ष छ महिना, पाँच ठेकेदार कम्पनीलाई एक वर्ष तीन महिना र १३ ठेकेदार कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

यसरी कालोसूचीमा परेका निर्माण व्यवसायी कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*