गोदावरी स्टीलको आम्दानीमा फड्को, एक वर्षमा गर्यो ६ अर्ब ३० करोडको व्यापार

१४ चैत्र २०८०, बुधबार १३:४३

काठमाडौँ । गोदावरी स्टील प्राइभेट लिमिटेडको व्यापार निरन्तर उकालो लागि रहेको छ । बजारमा गोदावरी स्टीलको मागले फड्को मार्दा कम्पनीको व्यापारले समेत उचाई कायम गरेको हो ।

कम्पनीले सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको ब्यापार गरेकोछ । जुन गत वर्ष भन्दा १६.४४ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले ५ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

कम्पनीको ब्यापारमा निरन्तर सुधार देखि रहेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब १ करोड २० लाख रुपैयाँको ब्यापार गरेको थियो । गोदावरी स्टीलको माग निर्माण क्षेत्रमा बढ्दो क्रममा रहेको छ ।

यस कम्पनीले ७६ करोडरुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुष्टि गराएको छ । दीर्घकालिन ३ अर्ब २६ करोड ९६ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी माइनस’ र अल्पकालिन ४ अर्ब २८ करोड रुपैयाँका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो ।

गोदावरी स्टील गोदावरी व्यवसाय संगठन (जीबीओ) नेपालको एक अग्रणी पूर्वाधार संगठन हो जुन दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा आएको छ । संस्थाले १० कम्पनीहरू सञ्चालन गर्दछ, प्रत्येक पूर्वाधार विकासको फरक क्षेत्रमा विशेषज्ञता संगठन भित्रको प्रमुख कम्पनीहरू मध्ये एक हो गोदावरी स्टील एक हो ।

गोदावरी स्टिल भवनहरू, पुलहरू र अन्य संरचनाहरूको निर्माणमा प्रयोग गरिन्छ । कम्पनीसँग अत्याधुनिक उत्पादन सुविधाहरू छन् र उच्च गुणस्तरका उत्पादनहरू सुनिश्चित गर्न नवीनतम प्रविधि प्रयोग गर्दछ । समग्रमा, गोदावरी स्टील प्रा. लिमिटेड नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*