हुन्डाईले विद्युतीय कारको बजार प्रवर्धनका लागि ५० अर्ब डलर लगानी गर्ने

१४ चैत्र २०८०, बुधबार १४:१०

काठमाडौँ । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्धनका लागि लगानी गर्ने भएको छ । कम्पनीले ईभी गाडिको बजारका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको हो ।

हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । भविष्यको गतिशील परियोजनाहरुसहित कम्पनीले सवारी उत्पादनमा कुल लगानीको ६३ प्रतिशत हिस्सा लगानी गर्न लागेको हो ।

हुन्डाईले सन् २०३० सम्ममा दक्षिण कोरियामा वार्षिक विद्युतीय गाडी उत्पादन १५ लाख १० हजार युनिट पुर्याउने लक्ष्य लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*