कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१४ चैत्र २०८०, बुधबार १८:२०

काठमाडौँ । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष २०७८।७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ ।

hu6yBG

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*