आठ महिनामा चुइगम पड्काएरै सके नेपालीले ३९ करोड

१५ चैत्र २०८०, बिहीबार १३:१८

काठमाडौँ । नेपाल पछिल्लो ८ महिनाको अवधिमा ३९ करोड ८० लाखभन्दा बढीको चुइगम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को फागुन समान्तसम्ममा ३९ करोड ८० लाख ५७ हजार रुपैयाँको चुइगम नेपाल आएको हो ।

गत वर्ष यसै अवधिमा ४१ करोड १७ लाख ७२ हजार रुपैयाँ चुइगम नेपाल आएको थियो । नेपालमा सबैभन्दा बढी भारतबाट ३८ करोड ७५ लाख १४ हजार रुपैयाँ बराबरको चुइगम आयात भएको छ ।

त्यस्तै, अमेरिकाबाट ८२ लाख २६ हजार, युकेबाट २ लाख ७५ हजार रुपैयाँको चुइगम नेपाल आएको हो । चुइगम जस्ता वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*