रविलाई असफल पार्न विचौलिया र स्वार्थ समूहको चौतर्फी घेराबन्दी

१६ चैत्र २०८०, शुक्रबार १५:१६

काठमाडौं । सत्ता घटक राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं उपप्रधान (गृह)मन्त्री रवि लामिछानेको प्रफमेन्स प्रभावित पार्न तथा असफल देखाउन बाह्य शक्तिहरुले घेराबन्दी थालेका छन् ।

रास्वपा आफुले जिम्मा पाएका मन्त्रालयमा पहिले चलिरहेको ढर्रा क्लोज गरेर नयाँ शिराबाट काम सुरु गर्ने तयारीमा छ । रास्वपाले जिम्मा पाएको श्रम मन्त्रालयका एक अधिकारीका अनुसार सरकारमा सहभागि रास्वपाको टिमले पूरानो ढर्रा क्लोज गरेर नयाँ शिराबाट काम थालेको बताए ।

उनका अनुसार पहिलेको ढर्रा छोड्ने निर्देशन पछि मन्त्रालय मातहतका विभागीय प्रमुखहरु रिफरेसमेन्टको लागि विदामा बसेका छन् । बीमापोष्टलाई उनले भने, ‘अब नयाँ शिराबाट काम हुने भएका कारण सबैजना आन्तरिक छलफल तथा परामर्शका साथै रिफ्रेसमेन्ट विदामा समेत छन् ।’

अब असरदार काम हुने भन्दै कर्मचारीहरु हर्षित भइरहेका बेला विचौलिया तथा स्वार्थ समूह निकट सञ्चारमाध्यमहरु कथित सहकारी ठगी लगायतका विषय उचालेर घेराबन्दीमा तल्लीन छन् । सहकारी कानूनका जानकारहरुका अनुसार रवि सहकारी सञ्चालक समिति सदस्य वा कर्मचारी होइनन्, उनी अन्य ऋणीहरुजस्तै ऋणि हुन् । तर, उनलाई सहकारी ठगीमा संलग्न रहेको भन्दै स्वार्थ समूहहरुले लखेट्न छोडेका छैनन् ।

ति कानूनव्यसायीले भने, ‘कागज अनुसार रवि ऋणि हुनसक्छन् । तर, त्यो रकम रविले लिए वा लिएनन् ? त्यसरी ऋण लिएको रकम के मा प्रयोग गरे भन्ने ? नखुलेका कारण कागजी जालझेलमा रवि फसेका हुन् । जुन कसुर ठहर्ने कुनै आधार छैन ।’

रवि अर्थात् रास्वपाले सरकारमा नयाँ ढंगले काम गर्ने योजना बनाएसँगै स्वार्थ समूहरुको भागाभाग परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*