एक तोला सुन किन्न एक लाख ३० हजार रुपैयाँ चाहिने

१८ चैत्र २०८०, आईतवार १०:४९

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य नयाँ उचाईमा स्थिर रहेको छ । शुक्रबार तोलामा दुई हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज भने स्थिर रहेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*