सेगवेको नयाँ वर्षमा विशेष अफर, २५ हजारसम्म छुट

१८ चैत्र २०८०, आईतवार १७:४६

काठमाडौँ । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु–अवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ । ग्राहकहरुले चैत्र १९ गते बैशाख १८ वैशाखसम्म रहने यस योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुटको मजा लिन सक्नेछन् ।

साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने छन् । इेलेक्ट्रिक स्कुटरको नेपाली बजारमा सेगवेका इ–स्कुटरहरु लोकप्रिय हुनुका साथै उपभोक्ताहरूको रोजाइमा परिरहेका छन् । शहरी देखि साहसिक यात्राका लागि ग्राहकहरु सेगवे इ–स्कुटरहरुमा आकर्षित हुनुका साथै तिनका नवीन विशेषताहरूका कारण दैनिक जीवनको एक आवश्यक अंश बन्न सफल भएका छन् ।

नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन्, विशेष गरी, E125 र E110L मा २५ हजार सम्म, E100 मा २० हजारसम्म र N100 मा १५ हजारसम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै थप, सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा १–रात २–दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गर्दैछ ।

ग्राहकहरू उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुममा गई यो योजनाको फाइदा लिन सक्नुहुनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*