मेयर हर्क साम्पाङद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग

२० चैत्र २०८०, मंगलवार ११:५८

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन् । काठमाडौंमा आज एकल प्रदर्शन गरी ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर भन्दै उनले माग गरेका हुन् ।

मेयर साम्पाङ यतिबेला काठमाडौंमा रहेका छन् । उनले धरानबासीका समस्या समाधानको माग र योजना सहित उप–प्रधान तथा गृहमन्त्री रबि लामिछाने र अर्थमन्त्री बर्षमान पुनसँग समेत भेटवार्ता गरेका छन् । मेयर साम्पाङको अभियान र धरानका जनतालाई पानी खुवाउन आवश्यक योजनामा बजेट व्यवस्थापन गरिदिने अर्थमन्त्री पुनले प्रतिवद्धता समेत जनाएका छन् ।

उनले आज बिहान मात्रै प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई धरानको खानेपानी, एयरपोर्ट, राजमार्ग तथा उद्योग लगायतका थुप्रै मागसहित ज्ञापनपत्र समेत बुझाएका छन् । साम्पाङको मागहरु प्रति प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक रहेको उनको सचिवालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*